दुलेगौंडा । श्रेष्ठ परिवारले बा–आमाको सम्झनामा तनहुँको शुक्लागण्डकी नगरपालिका–९ मा रहेको गौं संरक्षण केन्द्रमा पराल र नुन सहयोग गरेका छन् । आमा हिम कुमारी श्रेष्ठ र बुबा ईन्द्र नारायण श्रेष्ठको बार्षिक पुण्य तिथीमा छोरा लिलबहादुर श्रेष्ठ, टेकबहादुर श्रेष्ठ र नाती अर्जुन श्रेष्ठले गौं संरक्षण केन्द्रमा सहयोग गरेका हुन् ।
उनिहरुले २५ भारी पराल र १ बोरा नुन गौं संरक्षण केन्द्रमा हस्तान्तरण गरेका छन् । हिन्दु धर्म अनुसार गाईलाई पुज्दा मोक्ष प्राप्त हुने हुदाँ बा–आमाको पुण्य तिथीमा पराल र नुन सहयोग गरेको लिलबहादुर श्रेष्ठले बताए ।