तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–२,स्थित खानीखोलाको पुल भासिदा अवरुद्ध बनेको राजमार्ग सुचारु भएको छ । आज विहान १० बजे सडक निर्माणको क्रममा पुल भासिदा सवारी आवतजावतमा समस्या सिर्जना भएको थियो ।
भासिएको स्थानमा ग्राबेल हालेर सडक पुरेपछि अहिले ठुला सवारी साधन एकतर्फी रुपमा संचालनमा आएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार झण्डै ३ घण्टासम्म सवारी आवतजावतमा समस्या सिर्जना भएको थियो ।