दुलेगौंडा। शुक्ला गण्डकी जेसीजको २० औं साख अधिवेसन बाट शुक्लागण्डकी जेसीज बर्ष २०२३ का लागि अध्यक्ष पदमा ईश्वर कुमार श्रेष्ठ सर्वसम्मत निर्वाचित हुनुभएको छ ।
शनिबार भएको अधिबेशनबाट संस्थाको कार्यकारिणी उपाध्यक्षमा सुरज लम्साल र संजिब श्रेष्ठ, कानुनी सल्लाहकारमा पुकार श्रेष्ठ महासचिवमा रमेश भन्डारी, कोषाध्यक्षमा सरोज गौतम, सह सचिवमा भीष्म श्रेष्ठ, उपाध्यक्ष मदन सिग्देल, चन्द्र गुरुङ, चित्रकान्त गौतम, महेन्द्र श्रेष्ठ, अध्यक्षिय सल्लाहकारमा प्रकाश बिक र अनिस ढकाल र आषिक श्रेष्ठ चयन भएको छन् ।