दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिकाले दुलेगौंडाको बजार छेउछाउ सरसफाई गर्दा निस्केको ठोस फोहोर व्यवस्थापन गरेको छ ।
नगरले बिहीबार शुक्लागण्डकी–४ र २ जोड्ने बाटो सुचारु गर्न उक्त ठोस फोहोर प्रयोगमा ल्याएको हो । जहाँ सेती नदिमा आएको बाढीका कारण उक्त क्षेत्रको यातायात आवत जावत गर्न अबरुद्ध हुने गरि बाटो बिग्रेको थियो ।
नगरले मंसिर १४ गतेदेखि शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडाको बजार क्षेत्र सरसफाई गर्ने भन्दै रुखका ठुटा रहेको चौतारा भत्काएको थियो । यस कार्यप्रति नगरबासीले चौतर्फि आलोचना गर्दै आईरहेका थिए । नगरले भने बजार क्षेत्र सफा राख्नु नगरको पनि दायित्व रहेको भन्दै परियोजनाको क्षेत्राधिकारी भित्र पनि काम गरेको थियो ।