दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा श्रीमतीले ढुङ्गाले हान्दा श्रीमानकाे मृत्यु भएको छ ।
गएराति मापसे गरेर गरेर शुसिला बि.क.ले आफ्ना श्रीमान मन बहादुर नेपालीकाे टाउकोमा ढुङ्गा प्रहार गरेकी थिइन् । चाेट लागेपछि नेपालीकाे उपचार गर्न जि.पी. कोईराला राष्ट्रीय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा लगिएको थियाे । उपचारको क्रममा राति १ बजेको समयमा नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ । नेपालीका श्रीमती शुसिला विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटना शुक्लागण्डकी नगरपालिका-४ प्रगती टोल स्थित मन कुमारी पुनको घरमा भएको थियाे ।