दुलेगौंडा । तनहुँ जिल्लाको नमुना विद्यालयको रुपमा स्थापित पञ्चमुनि देव माध्यामिक विद्यालयले विद्यार्थीलाई व्यवहारीक सिप सिकाउन थालेको छ । विद्यालयले ‘राष्ट्रपति पढ्दै कमाउदै’ कार्यक्रम अन्र्तगत रहेर व्यवहारीक सिप सिकाएको छ । कोरा कितावि ज्ञान मात्र नभई जीवनोपयोगी सिप सिकाउने हेतुले विद्यार्थीलाई विद्युतिय ब्लब उत्पादन गर्न सिकाएको विद्यालयका सहायक प्रधानाध्यापक एकनारायण भण्डारीले बताउनुभयो ।
विद्यार्थीले तालिममा उत्पादन गरेका विद्युतिय बल्ब बजारमा पनि बिक्री वितरण गर्ने भएका छ । जसबाट आउने रकम विद्यार्थी स्वयमाले नै प्राप्त गर्ने भएका छन् । हाल कक्षा ११ र १२ मा अध्ययन गर्ने ६० जना विद्यार्थीले तालिममा सहभागिता जनाएका छन् ।
कक्षा ११ मा पढ्दै गर्नुभएकी लक्ष्मी श्रेष्ठ विद्यालयले दिएको तालिमबाट निकै हर्षित हुनुहुन्छ । भविष्ण्मा के गर्ने होला भनेर दोधारको अवस्थामा रहदाँ विद्यालयले बल्ब बनाउने तालिम दिएको दिएको बताउनुहुन्छ । उहाँले अब भविष्यमा विद्युतिय बल्ब बनाएर व्यवसायीक यात्रा सुरु गर्ने बताउनुहुन्छ ।
विद्यालयबाटै सिपमुलक तालिम पाएको हुदाँ देशमा नै स्वरोजगार हुन सक्ने स्थीति सिर्जना भएको कक्षा १२ मा अध्ययनरत विद्यार्थी प्रविन बस्नेतले बताउनुभयो ।
\कक्षा १२ मा अध्ययन गर्दै गर्नुभएकी पुजा श्रेष्ठ काम नपाएर खाली बस्नुपर्ने समस्या समाधान हुने बताउनुहुन्छ । उहाँले पढेर केही गर्न नसके पनि तालिमबाट सिकेको सिपले आत्मनिर्भर हुन सक्ने आँट आएको बताउनुहुन्छ ।
अहिलेको समय विज्ञान र प्रविधिको युग हो । यस युगसंगै अगाडी बढ्न विद्यालयमा विद्यार्थीलाई कोरा किताबि ज्ञान मात्र नभई व्यवहारी सिप सिकाउन पनि आवश्यक छ । सोही अनुसार शिक्षामा पनि सुधार हुन जरुरी छ ।