दुलेगौंडा । दुलेगौँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको ३० औँ वार्षिकोत्सव तथा आठौँ वार्षिक साधरण सभा सम्पन्न भएको छ ।दुलेगौँडास्थित नेवार समाज भवनमा भएको सभाको शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले उद्घाटन गरेका थिए ।
सो अवसरमा बोल्दै मेयर पण्डितले नगरवासीलाई स्वच्छ र सफा पानी खुवाउन नगरपालिकाले बजेटको व्यवस्था गरेको बताए । उनले एकै चोटी सवै टोल र वडाको समस्या समाधान गर्न नसकिने हुदाँ क्रमैसंग काम गर्दै जाने बताएका थिए ।
त्यस्तै, उपमेयर खुमबहादुर वि.क राजुले खानेपानी मानव जीवनको अनिवार्य विषय भएकाले आगामी दिनमा पानीको विकराल अवस्था आउन नदिन वृहत खानेपानीको सोच बनाएर लैजान नगरपालिका तयार रहेको बताएका थिए ।
खानेपानी समितिका अध्यक्ष गजेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं ४ का वडाध्यक्ष राजकुमार वाग्ले, नेकपा एमालेका नगर कमिटी अध्यक्ष मुक्तिनाथ तिम्सिना, शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघका अध्यक्ष विमलप्रसाद रिमाल, समितिका सल्लाहकार पदमलाल लामिछाने, पुर्वअध्यक्ष विलास परियार, कपासेटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष ठानप्रकाश न्यौपाने, आनन्दसुन्दर श्रेष्ठ, उपभोक्ता मोतिप्रसाद पौडेल, टीकादेवी भट्टराई र उपाध्यक्ष सरस्वती सिग्देल लगायतले बोलेका थिए । सभामा समिति सचिव राजुराम श्रेष्ठ, कोषाध्यक्ष विष्णुबहादुर महत, आन्तरिक लेखा समिति संयोजक मानकुमार तिम्लाले विषयगत प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यस खानेपानी संसथामा ८८७ घरधुरी उपभोक्ता छन् । संसथाले आ.व २०७८/०७९ मा ७५ लाख २३ हजार ९३७ आम्दानी गरी २७ लाख ८१ हजार ४७१ शुद्ध बचत गर्न सफल भएको छ । अहिले संस्थाको खातामा २ करोड ५७ लाख ९७ हजार १०६ रुपैयाँ बचत रहेको छ ।