खैरेनीटार । लाङ्घाली मगर समाज एकान्तकुना शुक्लागण्डकी नगरपालिका–६ ले आयोजना गरेको भलिबल कपको उपाधि भिमाद नगरपालिका–२ ले हात पारेको छ । शनिबार भएको फाईनल खेलमा भिमाद–८ ले चापाकोट गाउँपालिका–४ लाई ३–२ सेटको अन्तरमा जित हासिल गरेको हो ।
प्रतियोगिताको पहिलो सेट भिमाद–२ ले चापाकोट–४ लाई २५–१४ को फराकिलो अन्तर सहित जित हासिल गरेको थियो । दोस्रो सेटमा चापाकोटले २५–२३ को अन्तरमा भिमादलाई पारजित ग¥र्याे । तेस्रो सेटमा भिमादले २८–२६ को अन्तर बनायो भने चौथो सेटमा चापाकोटले २५–२३ को अन्तर बनायो । फाईनल सेटमा भने भिमादले १५–१३ को अन्तर बनाई उपाधि हात पारेको थियो ।
प्रतियोगितामा प्रथम भएको भिमाद–२ ले नगद ६० हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उपविजेता रहेको चापाकोटले ४० हजार साथमा कप, मेडल र प्रमाण पत्रमा चित्त बुझायो ।
प्रतियोगितामा भिमाद नगरपालिका–९ तृतीय भएको छ भने शुक्लागण्डकी नगरपालिका–७ सान्त्वना भएको छ । प्रतियोगितामा तृतीय र सान्त्वना हुनेले क्रमश ः २५ हजार, १० हजार साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।