काठमाडौं । केही फिल्म हलले कतारमा जारी विश्वकप फुटबल देखाउन लागेको समाचार आएपछि यस विषयमा चलचित्र विकास बोर्डले सचेत गराएको छ ।
बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार सम्बन्धित हलहरुलाई पत्राचार गर्दै फिल्म मात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै विश्वकप फुटबलको लाइभ प्रसारण गरे कारबाही गरिने चेतावनी दिएका छन् ।
‘उपरोक्त सम्बन्धमा ‘चलचित्र प्रदर्शन गर्न दिइने इजाजतपत्रको अनुसूची ७ मा व्यवस्था भएको चलचित्र प्रदर्शन गर्न दिइने इजाजत पत्रको खण्ड ७ मा इजाजतपत्रवालाले पालना गर्नुपर्ने शर्त बमोजिम’ मात्र चलचित्र घरमा चलचित्र प्रदर्शन गर्नुहुन सूचित गरिन्छ,’ बिज्ञप्तिमा भनिएको छ ।