दुलेर्गौंडा । लायन्स क्लब अफ पोखराले ग्रामिण क्षेत्रका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । शुक्रबार क्लबले शुक्लागण्डकी नगरपालिका–१२ घडेरीमा रहेको जनज्योति प्रनथमिक विद्यालयमा अध्ययनरत ३५ जना विगद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो ।
न्यानो कपडाको अभावमा विद्यालय जान विद्यार्थी बञ्चित नहुन भन्ने उद्देश्यले न्यानो कपडा वितरण गरेको क्लबका अध्यक्ष निरञ्जन बाजिमयले बताए । उनका अनुसार क्लबको बार्षिक कार्यक्रम अन्र्तगत रहेर विद्यार्थीका लागि न्यानो कपडा वितरण गरेको हो । क्लबले सामाजि र शैक्षिक क्षेत्रमा काम गर्दै आईरहेको बताए ।
क्लबका अध्यक्ष बाजिमयको सभापतित्वमा समपन्न कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल डिष्ट्रिक ३२५ यमका जि.याल.टि कोअर्डिनेटर श्याम वहादुर श्रेष्ठ,पोखरा ग्रिन फिस्टेल सिटीका अध्यक्ष लायन ज्ञानु गिरी, ब्यवस्थापन समिति अध्यक्ष कोपिला गौतम, प्रधानध्यपाक मन्जु मल्ल, वडा सदस्य ठुल माया गुरुङ, युवा समाजसेवी टुकबहादुर गुरुङ लगायतको उपस्थित रहेको थियो ।