म्याग्दे । म्याग्दे गाउँपालिकाले १८ चणमा भुमि वर्गिकरणको काम सम्पनन गरेको छ । बिहीबार गाउँपालिकाले आफ्नो ६ महिले कार्य उपलब्धी सर्वजनिक गर्दै भुमि वर्गिकरण सहति विभिन्न कार्य उपलब्धी सार्वजनिक गरेको थियो । यो संगै म्यादे गाउँपालिका जिल्लामा नै भुमि वर्गिकरण सम्बन्धी सम्पूर्ण काम सक्ने पहिलो स्थानीय तह बनेको छ ।
भु–उपयोग ऐन २०७६ मा आधारित भएर तथ्यङ्क संकलनको काम सम्पन्न गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उनका अनुसार गाउँपालिकाले परामर्श सेवाबाट ४ महिना लगाएर तथ्यङ्क संकलन गरेको हो । जहाँ कृषि र गैह्र कृषि जमिनको लगत लिएको छ । गाउँपालिकाले भुमि वर्गिकरण गरे संगै सात वटै वडामा भु उपयोग योजना पनि तयार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकाले सार्वजनिक गरेको ६ महिले कार्य उपलब्धीमा शिक्षा, स्वास्थ्य, कला संस्कृति संरक्ष, सुसासन, राजस्व चुहावट नियन्त्रण लगायतका क्षेत्रमा भएको कार्य उपलब्धी सार्वजनिक गरेको थियो ।