दुलेगौंडा । सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका, शुक्लागण्डकीले आयाेजना गरेको रक्तदाना कार्यक्रममा ४६ पिन्ट रगत संकलन भएको छ ।
१९ औं सामुदायिक स्वास्थ्य स्वयमसेविका दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको दुलेगौंडा-खैरेनीटार स्वास्थ चाैकीका जनस्वास्थ्य निरिक्षक ढालबहादुर थापाले बताए । उनले स्वयमसेविका दिवसलाई रचनात्मक ढंगले मनाउन रक्तदान कार्यक्रम गरिएको बताए ।
जनस्वास्थ्य निरिक्षक थापाका अनुसार ४६ जनाले रक्तदान गरेका थिए । जहाँ १४ जना महिला र ३२ जना पुरूष रहेका छन् । रक्तदान कार्यक्रम सहभागी प्रायःजसो पहिलोपटक रक्तदान गर्ने रहेकाे थापाले बताए ।