दुलेगौंडा । सामाजिक कार्यमा सक्रिय रहेको लायन्स क्लब अफ तनहुँ खैरेनीटारले ग्रामीण क्षेत्रका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । साेमबार शुक्लागण्डकी नगरपालिका-११ अलैचे स्थित सरस्वती प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरेकाे हाे ।
जाडाे भएकै कारण ग्रामीण क्षेत्रमा रहेका विद्यार्थीहरू विद्यालय जान बञ्चित नहुन भन्ने हेतुले न्यानाे कपडा वितरण गरेको क्लबका अध्यक्ष नारायण पाेख्रेलले बताए । उनले सराेकारवाला बाट अलि नजर नपुगेको ठाउँमा क्लबद्वारा सहयोग गरिएको बताए ।
क्लबका अध्यक्ष पाेख्रेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्स क्लब ईन्टरनेशनल ३२५ एल नेपाल का भिलेज याडप्सन टिमका प्रमुख चुडामणिा दाहाल, क्लबका निवर्तमान अध्यक्ष पिताम्बर तिमिल्सिना ,शुक्लागन्डकि -११ का वडा सदस्य खिमलाल भण्डारी ,गिरिराज थापा, विद्यालयका प्रअ मुक्तिनाथ सिग्देल ,व्यवस्थापन समिति अध्यक्ष रामप्रसाद सिग्देल ,क्लबका प्रथम उपाध्यक्ष प्रमाेद लामिछाने ,क्लब प्रशाशक सुन्दर वस्याल लगायतकाे उपस्थिति रहेको थियाे ।