दुलेगौंडा । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा रहेको भानुभक्त बहुमुखी क्याम्पस ३६ औँ बर्षम प्रवेश गरेको छ ।
क्याम्पसको ३६ औँ वार्षिकोत्सव तथा अभिभावक भेला सम्बोधन गर्र्दै शुक्लागण्डकी नगरपालिकाका मेयर कृष्णराज पण्डितले यस क्याम्पसलाई अब्बल बनाउन सवैलाई समेटेर अगाडि बढाउनु पर्ने बताए । उनले प्राविधिक शिक्षा भित्राउन तदारुकता साथ लाग्नु पर्ने बताउँदै यहाँ हस्पिटलसहितको मेडिकल कलेज संचालन गर्न सकिए स्वास्थ्यको हबको रुपमा विकास गर्न सकिने जिकिर गरे ।
उनले इन्जिनियरिङ क्याम्पसको रुपमा अगाडी बढाउन नगरपालिकाको तर्फबाट केन्द्रीय तहमा पहल गर्ने प्रतिवद्धता जाहेर गरेका थिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष प्रा.डा. चन्द्रबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका उपप्रमुख खुमबहादुर विक (राजु) वडा नं ५ का वडाध्यक्ष दीर्घबहादुर थापा, क्याम्पस समितिका सदस्य देवलाल खनाल, यामबहादुर खाँड ठकुरी, दुर्गाकुमार श्रेष्ठ, क्याम्पस प्रमुख रमेशबहादुर अधिकारी, पुर्वविद्यार्थीको तर्फबाट श्रीराम मरासिनी र विद्यार्थीको तर्फबाट सुजन तिमिल्सिना लगायतले बोलेका थिए ।