दुलेगौंडा । २०७२ असार ३० गते सुरु गरि २०७५ असार २९ गते निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शुक्लागण्डकी–७ र भिमाद–८ जोड्न दोभानमा पुल निर्माण कार्य सुरु गरिएको थियो । तर, विचमा निर्माण सम्पन्न गर्ने जिम्मा पाएको चितवनको एडभेन्चर कन्ट्रक्सनले विभिन्न कारण देखाउदै आलटाल गर्दा अलपत्र अवस्थामा रहेको थियो । हाल पुनःनिर्माण सम्पन्न गर्ने भनेर निर्माण पक्ष सम्पर्कमा आएको छ ।
आजसम्म यस पुलको निर्माण कार्य सम्पन्न गर्न ५ पटक सम्म म्याद थप गरिसकेको छ । पटक पटक म्याद थप्दा पनि निर्माण सम्पन्न गर्न नसकेको कन्ट्रक्सनले भने निरन्तर काम गर्दै आएको कन्ट्रक्सनका प्रमुख योगेन्द्र प्रसाद कढेलको दाबि छ ।
कन्ट्रक्सनका प्रमुख कढेलले निर्वाचन पछि निर्माण कार्य सुरु गर्ने तयारीमा रहेको बताए । साथै निर्वाचन पछि निर्वाचित प्रतिनिधि सभा सदस्य शंकर भण्डारीले पनि आफुलाई फोन गरेर सुरु गर्न निर्देशन दिएको उनको भनाई छ ।
नेपाल सरकारको लगानिमा सुरु गरिएको १०५ मटिर लामो मोटरेबल पुलमा काम गर्न निर्माण पक्ष स्थलमा रहेका छन् । तर, स्थानीयहरुभने काम गर्न निर्माण पक्ष आए पनि पुल निर्माण कार्य सम्पन्न नहुदाँ विश्वास गर्न नसक्ने बताउछन् । अझै पनि स्थानीयहरु खोलामा गाडीएका पक्कि पुलको पिल्लर हेर्दै स्थानीयहरु झलुङ्गे पुलबाट खोला वारपार गर्न बाध्य छन् ।