तनहुँ । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा महिलाको संख्या अत्यन्त न्यून रहेको थियो । न्यून उपस्थितमा चुनावि मैदानमा होमिएका महिला उम्मेद्वाराहरु निर्वाचित भन्दा बढी पराजित भएका छन् ।
यस पटकको निर्वाचनमा २ हजार ४ सय १२ उम्मेदवारमध्ये २ सय २५ जना मात्र महिला उम्मेद्वारहरु रहेका थिए । जसमा ८ जना महिला निर्वाचित भएका छन् । एमालेबाट तीन जना, राष्ट्रिय स्वतन्त्र पार्टीबाट २, कांग्रेस, माओवादी, नागरिक उन्मुक्ति पार्टी बाट एक/एक जना महिला उम्मेदवार विजयी भएका छन् ।
प्रत्यक्ष निर्वाचनमा २०४८ सालमै ७ जना, २०५६ मा १२ सांसद र ०७४ मा ६ जना मात्रै महिलाहरु प्रत्यक्ष रुपमा निर्वातिच भएका थिए ।