काठमाडौं । दोलखाका १० मतदान केन्द्रमा पुनः निर्वाचन हुने भएको छ । सोमबार बिहान बसेको जिल्ला निर्वाचन व्यवस्थापन समितिको बैठकले यही १५ गते मतदान गराउने निर्णय गरेको छ ।
यही मंसिर ४ गते भएको मतदानका क्रममा ‘बुथ क्याप्चर’ भएको भन्दै नेकपा एमालेका उम्मेदवार बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए। यससँगै आयोगको टोलीले गएर स्थलगत अध्ययन गरी पुनः मतदान गराउनुपर्ने निष्कर्ष निकालेको थियो।
यसैका आधारमा आयोगले मंसिर ४ को निर्वाचन रद्द गरेर पुनः मतदान गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो।