काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रत्यक्षतर्फको नतिजा अन्तिम चरणमा पुगेको छ। यस्तै, समानुपातिकतर्फको मतपरिणाम आउने क्रम पनि अन्तिममा चरणमा पुगेको छ। हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टी तेस्रो स्थानमा रहेको छ ।
समानुपातिकतर्फ नेकपा एमाले पहिलो दल बन्नेछ। दोस्रोमा कांग्रेस दोस्रो पार्टी बन्ने निश्चित देखिएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी देखिएको छ ।
सोमबार बिहान पौने ११ बजेसम्म ९३ लाख ५७ हजार ६६ मतगणना भएको छ। पछिल्लो परिणामअनुसार नेकपा एमालेले २५ लाख ३४ हजार ३२३ मत प्राप्त गरेको छ। यस्तै, नेपाली कांग्रेसले २३ लाख ९९ हजार ८३१ मत पाएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले १० लाख ६३ हजार ७१८ मत पाएको छ। माओवादी केन्द्रले १० लाख ६२ हजार ७४७ मत पाएर चौथो स्थानमा छ।