दुलेगौंडा । मंसिर ४ गते सम्पन्न प्रदेश र प्रतिनिधि सभा सदस्यमा तनहुँबाट ६ जना निर्वाचित भएका छन् । दुई प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको तनहुँको अन्तिम मतपरिणाम सार्वजनीक भईसकेको छ ।
तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा रामचन्द्र पौडेल र प्रदेश सभामा अशोक कुमार श्रेष्ठ र हरिबहादुर चुमान निर्वाचित भएका छन् ।
यसै गरि तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा शंकर भण्डारी र प्रदेश सभा सदस्यमा श्यामराजा महत र जितप्रकाश आले निर्वाचित भएका छन् ।
तनहुँ क्षेत्र नम्बर १ मा पौडेलको मुख्य प्रतिस्पर्धी नेकपा एमलेका यकबहादुर राना रहेका थिए । पौडेलले रानालाई ५ हजार ३७५ मतान्तरले पराजित गरेका थिए । ६६ हजार ५८४ मत गणना गर्दा पौडेलले २५ हजार ३१८ र रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए ।
तनहुँ क्षेत्र नम्बर १ (क) मा कुल ३६ हजार ४३१ मत गणना गर्दा कांग्रेसका अशोक कुमार श्रेष्ठले १५ हजार ३६३ मत प्राप्त गरेका थिए भने एमालेका रामबहादुर गुरूङले ११ हजार १४५ मत प्राप्त गरेका थिए । जहाँ श्रेष्ठले गुङलाई ४ हजार २१८ मतान्तरमा जित निकालेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ (ख) मा कुल ३० हजार ३८९ मत गणना गर्दा माओवादीका हरिबहादुर चुमानले १३ हजार २७१ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गुरूङले १० हजार ५०३ मत प्राप्त गरेका थिए । जहाँ चुमानले गुरूङलाई २ हजार ७६८ मतान्तरमा जित निकालेका हुन् ।
तनहुँ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका शंकर भण्डारीले नेकपा एमालेका किरण गुरुङलाई पराजित गरेका छन् । विगत २८ बर्षदेखि एमालेले जित निकालेको क्षेत्रमा कांग्रेका भण्डारीले जित निकालेका हुन् । भण्डारीले कुला ३० हजार ६०४ मत प्राप्त गर्दा गुरूङले २५ हजार १३० मत प्राप्त गरेका थिए । जहाँ भण्डारीले एमालेका गुरूङलाई ५ हजार ३७३ मतान्तरमा पराजित गरेका थिए ।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा गठबन्धनपछि माओवादी केन्द्रका उम्मेद्वार रहेका राजेन्द्र केशरी न्यौपानेलाई एमालेका श्यामराजा महतले जित हासिल गरेका हुन् । कुल ३७ हजार ८२९ मत गणना गर्दा मतहले १५ हजार ६६५ मत प्राप्त गरे भने न्यौपानेले १३ हजार ८९९ मत पाएका थिए ।
तनहुँ क्षेत्र नम्बर २ प्रदेश सभा (ख) मा गठबन्धनपछि कांग्रेसका उम्मेद्वार जितप्रकाश आलेले एमालेका केदार सिग्देललाई पराजित गरेका हुन् । कुल २९ हजार ८९८ मतमा सिग्देलले १३ हजार २२० मत पाएका छन् भने आलेलाई १३ हजार ८६० मत आएको छ ।