काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज शनिबार ४ वटा खेल हुने भएका छन् ।
नेपाली समय अनुसार शनिबार दिउँसो ३ः४५ बजेदेखि ट्युनिसिया र अष्ट्रेलिया, साँझ ६ः४५ बजेदेखि पोल्याण्ड र साउदी, राती ९ः४५ बजेदेखी फ्रान्स र डेनमार्क र १२ः४५ बजेदेखी अर्जेन्टिना र मेक्सिकोबीचको खेल हुने भएको छ ।
विश्वकपमा कुल ६४ खेल हुनेछ । आठ रंगशालामा आयोजना भइरहेको विश्वकपको फाइनल डिसेम्बर १८ मा हुनेछ ।