दुलेगौंडा । तनहुँको घिरिङ गाउँपालिका–१ जगौलिटार मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको निधन भएको छ भने दुई जना घाईते भएका छन् । मृत्यु हुनेमा घिरिङ गाउँपालिका–१ पुटार बस्ने २२ वर्षीय सुनिल दरै रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मोटरसाइकल सडकबाट ५० मिटर तल भीरमा खसेर दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक दरैको उपचारका क्रममा जिपि कोईराला राष्ट्रिय स्वास प्रश्वास केन्द्र बेलचौतारामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा सवार खुमबहादुर राना र रामबहादुर कुमाल भने सामान्य घाइते भएका छन् । बनटारबाट पुटारतर्फ आउदै गरेको लु ३९ प ५०९७ नम्बरको मोटरसाईकल आफैं अनियन्त्रित भई दुर्घाटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । एउटा मोटरसाइकलमा ३ जना सवार रहेको हुदाँ उक्त दुर्घटना भएको खड्काले बताए ।