दुलेगौंडा । सत्ता गठबन्धनपछि नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका रामचन्द्र पाैडेल विजयी भएका छन् । उनले नेकपा एमालेका यकबहादुर रानालाई ५ हजार ३७५ मतान्तरले पराजित भएका थिए ।
६६ हजार ५८४ मत गणना हुदाँ पाैडेलले २५ हजार ३१८ मत प्राप्त गरेका थिए भने एमालेका रानाले १९ हजार ९४३ मत प्राप्त गरेका थिए । राना लगातार कांग्रेससंग तेस्रो पटम पराजित भएका थिए । कांग्रेसका वरिष्ठ नेता पाैडेल ७ औं पटक चुनावी मैदानमा हाेमिएका थिए । जहाँ पाैडेलले २०७४ काे निर्वाचनमा एमालेका कृष्णकुमार श्रेष्ठसंग पराजित भएका थिए ।