दुलेगौंडा । तनहुँ क्षेत्र नम्बर १ `क´ मा सत्ता गठबन्धनपछि नेपाली कांग्रेसबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका अशाेक कुमार श्रेष्ठ विजय भएका छन् । उनले नेकपा एमालेका रामबहादुर गुरूङलाई ४ हजार २१८ मतान्तरमा जित निकालेका हुन् ।
कुल ३६ हजार ४३१ मत गणना गर्दा कांग्रेसका श्रेष्ठले १५ हजार ३६३ मत प्राप्त गरेका थिए भने एमालेका गुरूङले ११ हजार १४५ मत प्राप्त गरेका थिए ।