दुलेगौंडा । तनहुँ क्षेत्र नम्बर १ `ख´ मा सत्ता गठबन्धनपछि माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यका उम्मेदवार रहेका हरिबहादुर चुमान विजय भएका छन् । उनले नेकपा एमालेका पूर्णबहादुर गुरूङलाई २ हजार ७६८ मतान्तरमा जित निकालेका हुन् ।
कुल ३० हजार ३८९ मत गणना गर्दा माओवादीका चुमानले १३ हजार २७१ मत सहित विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका गुरूङले १० हजार ५०३ मत प्राप्त गरेका थिए । चुमान यसअघिकाे निर्वाचन पनि विजय भएका थिए ।