दुलेगौंडा । पोखरा महानगरपालिका वडा नम्बर २९ मा रहेको न्यु स्टार क्लबले देउसी भैलोबाट उठेको रकम बाट मिर्गौला पिडित र क्यान्सर पिडित लाई सहयोग गरेका छन्।
क्लबले तिहारमा देउसी भौलोबाट उठेको रकम बाट दुबै मिर्गौला समस्य भएकी बबिता सुनार लाई दश हजार रुपैया र क्यान्सर पिडित दुर्गा आले मगर र उसका बुबा ओम बहादुर आले मगर लाई १४ हजार पाँच रुपैया सहयोग गरेको क्लब का अध्यक्ष जिवन तामाङ ले जानकारी दिए।
उक्त सहयोग रकम नयाँ बस्ती सुधार समाज घर का अध्यक्ष सोम प्रसाद तामाङ र कोषाध्यक्ष घिर बहादुर थापा मगर को उपस्थिति र सहयोग मा बितरण गरिएको थियो । सामाजिक काममा निरन्तर अघि लागने क्लब का अध्यक्ष तामाङ ले बताए ।
क्लबका अध्यक्ष तामाङ ले यसरी सामाजिक कार्य गर्दा आफुहरु खुसी भएको र समाज का लागि केहि गर्नु पर्छ भन्ने भाबना बिकसित भएको बताए ।