दुलेगौंडा । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि भएको मतदान पछि तनहुँमा आजदेखि मतगणना सुरु हुने भएको छ । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालका अनुसार ८ बजेपछि हुने सर्वदलीय बैठक पछि मात्रै मतगणना हुने छ ।
आईतबार रातिसम्म मतपेटीका मतगणना स्थलसम्म ल्याउन ढिला भएको हुदाँ ८ बजेपछिको सर्वदलीय बैठक पछि मतगणना सुरु हुने बताए ।
तनहुँ जिल्ला २ प्रतिनिधि सभा र ४ प्रदेश सभा रहेको क्षेत्र हो । आईतबार भएको मतदानमा तनहँमा ५५ प्रतिशत मत खसेको थियो ।