दुलेगौंडा । तनहुँ शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीका शिव पन्तको आमाको निधन भएको दुई दिनमात्रै भयो । शोकमै रहनुभएका उहाँ प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मत दिन शिला प्राथमिक विद्यालयको प्राङ्गणमा भेटिनुभयो । किरियापुत्रीले लगाउने सेतो वस्त्रमा भेटिनुभएका उहाँले देशको रङ उज्यालो बनाउनेलाई मत दिन आएको बताउनुभयो ।
उहाँसँगै लाइनमा हुनुहुन्थ्यो, उहाँकै परिवारका विष्णु पन्त, सिर्जना पन्त र सुनिता पन्त । उहाँहरु सबै शोकमै भएपनि देशको लागि र आफ्नो अधिकारका लागि मतदान गर्न आएको बताउनुहुन्छ । एक मतका कारण राम्रो उम्मेद्वार जित हासिल गर्नबाट बञ्चित नहोस भन्ने हेतुले मतदान गर्न आएको सिर्जना पन्तले बताउनुभयो ।
आजको दिन सक्षम र योग्य उम्मेदवारको छनोट गर्न जेष्ठ नागरिक, अपांग नागरिक, आम मतदाता देखि क्रयापुत्रिले समेत मत खसालेका छन् । मत संग मतदाताको विश्वास पनि जोडिएको छ । जनमत पाएर निर्वाचित भएकाले जनताको भावना अनुसारको विकास गर्न नचुक्नु ।