तनहुँ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि सुरक्षाकर्मी र कर्मचारीहरु निर्वाचन सामग्री सहित मतदान स्थलमा खटिएका छन् । तनहुँमा पनि १४२ मतदान स्थलमा २ हजार ४ सय ४० कर्मचारी परिचालन गरिएको निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर १ मा ६९ मतदान स्थल र १५२ मतदान केन्द्र रहेको छ । जहाँ आज १ हजार २१६ कर्मचारी निर्वाचन सामग्री सहित मतदान स्थलमा पुगेका छन् । यहाँ १ लाख २३ हजार ४९० मतदाता रहेको निर्वाचन अधिकृतको कार्यालय तनहुँले जनाएको छ ।
तनहुँ क्षेत्र नम्बर २ मा रहेको १५३ मतदान केन्द्रमा आज निर्वाचन सामग्रीसहित १ हजार २२४ कर्मचारी खटाईएको छ । यस क्षेत्रमा १ लाख २५ हजार ५ जना मतदाता रहेका छन् ।