दुलेगौंडा । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न गर्नका लागि कर्मचारीहरु निर्वाचन सामग्री सहित मतदान स्थलमा खटिएका छन् । तनहुँ क्षेत्र नम्बर २ मा रहेको १५३ मतदान केन्द्रमा आज निर्वाचन सामग्रीसहित १ हजार २२४ कर्मचारी खटाईएको छन् ।
मतदान केन्द्रमा खटिएका कर्मचारी र सुरक्षाकर्मी मतपेटिका र निर्वाचनका सामग्रीसहित मतदान स्थलमा गएका हुन ।
तनहुँ क्षेत्र नम्बर २ मा कर्मचारी र सुरक्षाकर्मी स्थलसम्म पुगेको र भोलिबाट निर्वाचन केन्द्रमा निर्वाचन स्थल बनाउने काम सुरु हुने निर्वाचन अधिकृतको कार्यालय तनहुँ क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत गोबिन्ध उपाध्याय जानकारी दिए ।