दुलेगौंडा । तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेद्वार रहेका नेपाली कांग्रेस (वि.पि) का पुष्पराज पराजुलिले आफ्नो उम्मेद्वारी निष्क्रिय गरेका छन् । साथै प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसबाट उम्मेद्वार रहेका शंकर भण्डारीलाई सहयोग गर्ने बताएका छन् ।
यसअघि विपिको आर्दश र सिद्धान्तलाई बचाउन आफु नेपाली कांग्रेस (वि.पि) मा आबद्ध भएको पराजुलिले बताएका छन् । साथै उनले विपिको आर्दश र सिद्धान्नको रक्षाका लागि पुनः कांग्रेसमा नै फर्कने पनि बताएका छन् ।
‘नेपाली कांग्रेसका नेता विपि कोईरालाको आर्दश व्यवहार र सिद्धान्तबाट नेपाली कांग्रेस पार्टी विचलित भएको महसुस गरि मेरो समेत सक्रियतामा विपिको आर्दश र सिद्धान्त बचाउन नेपाली कांग्रेस (वि.पि) स्थापना गरी गरिएको प्रयास आजको दिनमा अपुग रहेको महसुस गरेको छु ।’ पराजुलिले विज्ञप्ती भनेका छन् ‘नेपाली कांग्रेका समपूर्ण नेताहरुको अनुरोधलाई सम्मान गर्दै वि.पि आर्दश र सिद्धान्तलाई बचाउन पुनः नेपाली कांग्रेस पार्टीमा नै रही संगठन विस्तारमा रहने निर्णय लिएको छु’ उनले भने ।