दुलेगौंडा। मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि मतदान स्थल रहेको शिक्षण संस्थाहरु बन्द हुने भएका छन् । गृह मन्त्रालयले मंगलबार एक सुचना जारी गरि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले मंसिर ४ गते हुने निर्वाचनका लागि शिक्षण संस्थालाई चार दिन सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।
प्रवक्ता पोखरेलका अनुसार सरकारी कार्यालय र सार्वजनिक निकायहरु भने ४ र ५ गते बन्द हुनेछन् ।