काठमाण्डौ । चुनाव आउन अब ५ दिन मात्रै बाँकी छ । दल तथा उम्मेदवार प्रचारप्रसारमा व्यस्त छन् । निर्वाचन आयोगले मतदान सुरु हुनुभन्दा ४८ घण्टा अघिदेखि चुनावी प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने जनाएको छ ।
निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले चुनाव हुनुभन्दा ४८ घण्टा अघिदेखि प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख भएअनुसार आयोगले दल, उम्मेदवार र कार्यकर्ताहरुलाई पुनः सचेत गराएको हो ।
निर्वाचन आयोगका अनुसार विगतमा मौन अवधिका रुपमा मानिएको समयलाई यसपालि स्थिर समयको रुपमा प्रयोग गरिनेछ । त्यसअनुसार पर्सि मंसिर १ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार सम्बन्धी सम्पूर्ण कामहरु निषेध गरिएको छ ।