काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको गाडी तोडफोड भएको छ । चितवनमा घरदैलोको क्रममा रहेको सभापतिको गाडीमाथि आज आइतवार तोडफोड भएको हो ।
निष्पक्ष र भयरहित वातावरणमा चुनाव गराउनुपर्ने भए पनि सरकार मूकदर्शक बनेको पार्टीको आरोप छ । राजनीतिमा यो किसिमका अलोकतान्त्रिक चरित्रलाई परास्त गर्नुपर्ने पार्टीको धारणा छ । गाडीमाथि कसले तोडफोड गर्यो भन्ने थाहा भएको पार्टी सचिवालयले जनाएको छ ।