दुलेगौंडा ।तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा नमुना मतदान गरिएको छ । निर्वाचन आयोगले शुक्लागण्डकी नगरपालिकाको समन्वयमा आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गर्दै नमुना मतदान गराएको हो ।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन स्थानीय तहको निर्वाचन भन्दा फरक रहेको हुदाँ कसरी मतदान गर्ने भन्ने बारेमा जानकारी गराउन नमुना मतदान गरिएको जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रेले बताए ।