दुलेगौंडा । तनहुँकाे शुक्लागण्डकी नगरपालिका-४ दुलेगौंडामा रड प्रहार हुदाँ एक व्यक्तिकाे मृत्यु भएको छ । मृत्यु हुनेमा देवघाट- २ क्वादी स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडामा बस्ने २४ बर्षिय विरम आले रहेको इलाका प्रहरी कार्यालय बेलचाैताराले जनाएको छ ।
शुक्रबार (आज) दिउँसो दुलेगौडा स्थितको रिमाल अटो केअरमा काम गरिरहेका आलेलाइ आफ्नै साथी भनिएका सर्लाही जिल्ला गौरीशंकर नगरपालिका-५ बगरवा स्थायी घर भई हाल शुक्लागण्डकी नगरपालिका-४ दुलेगौडा बस्ने बर्ष २५ को यन बहादुर चौधरीले एक्कासी पछाडीबाट रडले हिर्काएका थिए । रडकाे प्रहारपछि घाइते भएका आलेकाे तनहुँ सेवा अस्पतालमा सामान्य उपचार पश्चात मणिपाल शिक्षण अस्पताल पोखरा लगिएको थियाे । उपचारको लागि पाेखरा लगिएको आलेकाे बाटोमै मृत्यु भईसकेकाे अस्पतालले जनाएको छ ।
हाल घटनाको बिषयमा थप अनुसन्धान भईरहेकाे इलाका प्रहरी कार्यालय बेलचाैताराले जनाएको छ ।