बेलचौतारा । सामाजिक कार्यमा क्रियाशिल रहेको शुक्लागण्डकी जेसीजले ईलाका प्रहरी कार्यालय बेलचौतारालाई ट्राफिक सचेतनामुलक बोर्ड र डस्टबिन हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यले ट्राफिक जनचेतना सम्बन्धी बोर्ड प्रहरीलाई हस्तान्तरण गरेको जेसी शिवबहादुर विकले बताए । उनका अनुसार आगामी दिनमा पनि प्रहरीसंग सहकार्य गरि अन्य सचेतनामुलक कार्यक्रम गर्ने बताए ।
कार्यक्रममा बोल्दै शुक्लागण्डकी नगरपालिका–५ का वडाध्यक्ष दीर्घबहादुर थापाले समाज परिर्वतनमा जेसीजको महत्वपूर्ण योगदान रहेको बताए । कार्यक्रममा अस्थायी ट्राफिक प्रहरी बेलचौताराका प्रमुख तेजबहादुर राउलले ट्रफिक नियम पालना गर्नु सबैको दायित्व रहेको उनको भनाई छ । साथै प्रहरीसंगको सहकार्यले ट्राफिक सम्बन्धी सचेतना फैलाउन जेसीज पनि अग्रसर रहेको बताए ।
जेसीसका अध्यक्ष विकको सभापतित्वमा सम्पन्न कार्यक्रममा ईप्रका बेलचौतारका प्रहरी प्रमुख याम नारायण अर्याल, अस्थायी ट्राफिक प्रहरी बेलचौताराका प्रमुख तेजबहादुर राउल, जेसी आशिष श्रेष्ठ, प्रकाश विक, क्षेत्र बहादुर थापा क्षितिज, मदन श्रेष्ठ, ईश्वर कुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।