दुलेगौंडा । कार्तिक २१ गते रातिदेखि हराएका २५ बर्षिय राहुल गुरूङ फेला परेका छन् । मानसिक सन्तुलन गमाएर शुक्लागण्डकी-८ गणपतेबाट हराएका गुरूङलाई आज पाेखरामा फेला पारेकाे हाे ।
पोखरा स्थित चिप्लेढुङ्गामा श्रीराम भट्टले देखेपछि निजको आफन्तलाई खबर गरेका थिए । त्यसपछि उनलाई पाेखराबाट घर फर्काइएको पारिवारिक स्राेतले जनाएको छ ।