दुलेगौंडा । लायन्स क्लब अफ तनहुँ खैरेनीटार र लियो क्लब अफ खैरेनीटार- दुलेगौंडा मन्त्रले आयाेजना गरेको चित्रकला प्रतियोगितामा अरनिको माध्यमिक विद्यालयकी सुनेना श्रेष्ठ प्रथम भएकी छिन् । प्रतियोगितामा सहभागी २८ जना प्रतिस्पर्धिलाइ पछि पार्दै श्रेष्ठले प्रथम स्थान हासिल गरेकी हुन् ।
प्रतियोगितामा पञ्चमुनीदेव माध्यमिक विद्यालयका आरूष श्रेष्ठ द्धितीय, खैरेनी माध्यमिक विद्यालयकि आयुसा सुनार तृतीय र नेपाल पुलिस स्कुलका सदिस श्रेष्ठ सान्त्वना भएका छन् । प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ३ हजार, २ हजार, एक हजार र ५ सय साथमा प्रमाण पत्र प्राप्त गरेका छन् । साथै प्रतियोगितामा सहभागी सम्पूर्णलाई पनि सहभागीताकाे प्रमाण पत्र प्रदान गरिएका थिए । बिद्यार्थीमा अन्तरनिहित चित्रकलालाई प्रस्फुटन गर्न प्रतियोगिताकाे आयाेजना गरिएको लायन्स क्लबका अध्यक्ष नारायण पाेख्रेलले बताए । प्रतियोगिता उत्कृष्ट प्रतिभालाई जिल्ला स्तरीय कार्यक्रम हुँदै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागी गराउने बताए ।
क्लबका अध्यक्ष पाेख्रेलकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा लायन्सका प्राेजेक्ट म्यानेजमेन्ट चिफ तेजनारायण पराजुली, लियाे क्लबका अध्यक्ष प्रज्वल गुरूङ, खैरेनी मा.वि का प्रअ बाेधराज ढकाल, लायन्स सुजित हिराचन, पिताम्बर तिमिल्सिना, सुरज लम्साल लगायतको उपस्थिति रहेको थियाे ।
प्रतियोगिता नगरपालिका भित्रकाे १३ विद्यालयका ११-१३ बर्ष उमेर समुहका २९ विद्यार्थी सहभागी थिए ।