दुलेगौंडा । तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले पोलेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
२१ गते बेलुकी भान्सा कोठामा आगो ताप्ने क्रममा शरिरको बिभिन्न भागमा पोली घाइते थापाको गएराती उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रवक्ता युवराज खड्काले बताए ।