दुलेगौंडा । देश यतिबेला चुनाबमय बन्दै छ । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि उम्मेद्वारहरु यतिबेल घरदैलो कार्यमा व्यस्त छन् । तनहुँमा पनि चुनावि रौनक देखिएको छ । विशेष गरेर तनहुँ क्षेत्र नम्बर २ मा नेपाल सरकारका पूर्व वन मन्त्री रहेका दुई अनुहार पनि प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आमनेसामने हुदै छन् ।
प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका स्थायी कमिटी सदस्य रहेका किरण गुरुङले यसै निर्वाचन क्षेत्रबाट उम्मेद्वारी दिएका छन् । २०७४ मा गुरुङले प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका धु्रव वाग्लेलाई पराजित गरेका थिए । साथै उनि गण्डकी प्रदेशका अर्थ मन्त्री पनि बने । यसपटक भने गुरुङ आफु अर्थमन्त्री हुदाँ अघि सारेका विकासका कार्यलाई सम्पन्न गर्ने लक्ष्यका साथ चुनावि मैदानमा होमिएका छन् ।
तनहुँ क्षेत्रनम्बर २ मा वि सं। २०४८ यता ०५६ साल बाहेक प्रत्येक निर्वाचनमा नेकपा एमालेले जित हासिल गरेको छ । नेपाली कांग्रेसबाट दोस्रो पटक प्रतिनिधि सभा सदस्यमा उम्मेद्वार दिएका भण्डारी यसपटक भने जित हासिल गरि ईतिहास रच्ने दाउमा रहेका छन् । यसअघिको प्रतिनिधि सभा सदस्यमा भण्डारी नेकपा एमालेका केदार सिग्देलसंग पराजित भएका थिए । भण्डारीले यसपटक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार क्षेत्रको विकास गर्ने लक्ष्य सहित उम्मेद्वारी दिएको बताउछन् ।
तनहुँ क्षेत्र नम्बर २ अन्र्तगत ढोरर्फिर्दीका रमेश सुनारले निर्वाचनमा आफुले चाहे अनुसारको उम्मेदवार नरहेको बताए । ‘युवा वर्गलाई देशमा नै रोजगारीको वातावरण सिर्जना गर्न सक्ने, शिक्ष स्वास्थ्यको ग्यारेन्टी लिन सक्ने उम्मेद्वारको खोजिमा छु । तर पनि त्यस्तो उम्मेद्वार अझसम्म पाएको छैन्’ उनले भने ।
यसै गरि शुक्लागण्डकी–२ का छविलाल पौडेल पनि आशलाग्दो उम्मेद्वार नरहेको बताउछन् । पार्टीले पटक पटक एउटै उम्मेदवार उठाउदा उम्मेदवारले ठाउको विकासका गर्छन् भन्ने विश्वास कम रहेको बताए ।
तनहुँ क्षेत्रनम्बर २ ‘ख’ मा गठबन्धन दलका साझा उम्मेदवार जितप्रकाश आले र नेकपा एमालेका केदार सिग्देल विच कडा प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नम्बर २ ‘क’ मा गठबन्धनका साझा उम्मेदवार राजेन्द्रकेशरी न्यौपाने र नेकपा एमालेका श्यामराजा महत विच प्रतिस्पर्धा हुने देखिन्छ ।