खैरेनीटार । आर्सु डिर्पाटमेन्टल स्र्टाेसले राखेको चाडपर्व विशेष ‘लक्की ड्र’ मार्फत शुक्लागण्डकी नगरपालिका–७ की आस्था मल्लले एक तोला सुन प्राप्त गरेकी छिन् । सोमबार सुन उपहारको नतिजा सार्वजनिक गर्ने क्रममा ११८२ नम्बरको आस्था मल्लको चिठ्ठाले सुन प्राप्त गरेको हो । उक्त चिठ्ठा खैरेनीटारका ८२ बर्षिय कुष्माखर पाण्डेल निकालेका थिए ।
यसै गरि सान्तोना हुनेमा चिठ्ठा नम्बर २८९ रहेको प्रकाश श्रेष्ठ र चिठ्ठा नम्बर ४२६ रहेको गम बहादुर खण्डलुकले पनि आकर्षक गिफ्ट प्राप्त गरेका थिए ।
दुई हजार रुपैया भन्दा बढिको सामानहरु खरिद गर्दा ग्राहकलाई डिर्पाटमेन्टलले चिठ्ठा प्रदान गरेको थियो । जहाँ डिपाटमेन्टलबाट १ हजार ६ सय जनाले दुई हजार भन्दा बढीको सामग्री खरिद गरेका थिए । करिव २ करोड रुपैयाको लागतमा २ महिना अघि आर्सु डिर्पाटमेन्टल शुक्लागण्डकी–५ स्थित मिलडाडाँमा स्थापित गरिएको थियो ।