काठमाडौं । आसन्न मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि निर्वाचन आयोगले विभिन्न जिल्लामा निर्वाचन सामग्री ढुवानीलाई तीव्रता दिएको छ ।
आयोगले पूर्वनिर्धारित निर्वाचन कार्यतालिकाअनुरूप जिल्ला जिल्लामा धमाधम निर्वाचन सामग्री पठाउन थालेको हो ।
आयोगका अनुसार गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका आठवटा दुर्गम पहाडी जिल्लामा आइतबार निर्वाचन सामग्री ढुवानी गरेको हो ।