तनहुँ । आज बिहान उदाउँदो सूर्यको अर्घ्य दिँदै छठ पर्वको विधिवत समापन गरिएको छ ।
जलासय किनारमा पूजासामग्रीसहित ब्रतालुले आदिदेव सूर्यको अर्घ्य दिएपछि छठ सम्पन्न भएको हो । यस अघि आइतबार साँझ अस्ताउँदो सूर्यको अर्घ दिइएको थियो ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–२ गाछेपानीमा रहेको मुक्तिनाथ शुक्लागण्डकी च्यवन धाममा पनि उदाउदो सुर्यलाई अर्घ्य दिँदै छठ पर्वको समापन गरिएको थियो ।