दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–९ घारीमा रहेको गौं संरक्षण केन्द्रमा वृहत गाईपुजा गरिएको छ । गाई तिहारको अवसर पारेर शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाले गाईपुजाको आयोजना गरेको हो ।
गाईको संरक्षण गर्न नगरपालिका मात्र नभई आम सर्वसाधारण नागरिक पनि सक्रिय रुपमा लागि पर्नुपर्ने नगरपालिकाका उपप्रमुख खुमबहादुर विक राजुले बताए ।
स्थानीय स्तरमा गाईको महत्व बुझाउन वृहत गाईपुजा आयोजना गरिएको शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाका प्रमुख मुक्तिराम पौडेलले जानकारी दिए । ‘मानव जीवनमा गाईको महत्व धेरै छ । नगरपालिकाले गाईको संरक्षण गर्न गौं संरक्षण केन्द्र पनी स्थापना गरेको छ । गौं संरक्षण केन्द्रको अवस्था बारे जानकारी गराउन, स्थानीयको पनि हो भन्ने अपनत्व बोध गराउन साथै गाईको महत्वबारे जानकारी दिन गाई तिहारको दिन वृहत गाईपुजा आयोजना गरिएको हो’ पौडेलले भने ।