दुलेगौंडा । धुलाम्मे पृथ्वीराजार्गमा बिहिवारदेखि मर्मत कार्य सुरू भएको छ ।
यसअघि मंगलबार शुक्लागण्डकी-२ का स्थानीयहरूले धुलाेबाट आजित भएर राजमार्गमा काम गर्ने कम्पनीका कर्मचारीलाई सवा दुई घण्टा कार्य कक्षमै थुनेका थिए । धुलाे कम गर्ने बिषयमा स्थानीय, निर्माण पक्ष र प्रहरीकाे त्रिपक्षीय वार्ता पछि निर्माण पक्षले धेलाे कम गर्ने प्रतिबद्धता व्यक्त गरेको थियाे । साेही अनुसार निर्माण पक्षले काम पनि अगाडि बढाएको छ ।
स्थानीयकाे गुनासोलाई लिएर पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका नेता शंकर भण्डारीले प्रधानमन्त्री मार्फत भौतिक योजना मन्त्रालय संग समन्वय गरी सडकको तत्काल मर्मत कार्य सुरू गर्न लगाएको बताए । हाल खाल्डाखुल्डी रहेको ठाउँमा कालाेपत्रे पनि गरिएको छ ।