दुलेगौंडा । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट ३ जनाले उम्मेद्वारी फिर्ता लिएका छन् ।
उम्मेद्वारी फिर्ता लिनेमा तनहुँ क्षेत्र नम्बर २ क बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेद्वार प्रेमकुमार परियार, क्षेत्र नम्बर २ क मा नेपाली कांग्रेस (विपि)बाट प्रदेश सभाका उम्मेद्वार शेषरमण न्यौपाने र क्षेत्र नम्बर २ ख मा जसपाबाट प्रदेश सभा सदस्यका उम्मेद्वार रहेका पूर्णबहादुर गुरुङले उम्मेद्वारी फिर्ता लिएका हुन् ।
आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि २३ गते उम्मेद्वारी दर्ता भएको थियो । तनहुँ क्षेत्र नम्बर २ मा १७ जनाले प्रदेश सभा सदस्यको लागि उम्मेद्वारी दर्ता गराएका थिए ।