खैरेनीटार । प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको उम्मेद्वारी दर्ता भएसंगै राजनीतिक सरगर्मी बडेको छ । विभिन्न राजनीतिक दलका नेता तथा कार्यकता यतिबेला चुनावि प्रचार प्रशारको योजनामा रहेका छन् । शुक्लागण्डकी नगरपालिका–६ खैरेनीटारमा नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर २ ले सम्पर्क कार्यालय स्थापना गरेको छ । चुनावि गतिवधिलाई शान्तिपूर्ण र व्यवस्थित रुपमा अगाडी बढाउन सम्पर्क कार्यालय स्थापना गरेको नेपाली कांग्रेस तनहुँको प्रवक्ता हरि वाग्लेले जानकारी दिए ।
उनका अनुसार अब बिस्तारै प्रत्यक वडामा पनि सम्पर्क कार्यालय स्थापना हुने भएको छ । ‘हामीले यतिबेला चुनाव प्रचार प्रसारलाई व्यवस्थित गर्न खैरेनीटारमा सम्पर्क कार्यालय स्थापना गरेका छौं । अब बिस्तारै प्रत्यक वडामा पनि सम्पर्क कार्यालय स्थापना हुने छ । गठबन्धन उम्मेद्वार रहेको हुदाँ साझा सम्पर्क कार्यालय पनि स्थापना गर्ने छौं’ उनले भने ।
नेपाली कांग्रेस तनहुँ क्षेत्र नम्बर २ को सभापति चुडामडि खनालको सभापतित्वमा स्थापना गरिएको कार्यालयमा प्रतिनिधि सभा सदस्यका उम्मेद्वार शंकर भण्डारी, प्रदेश सभा सदस्यका उम्मेद्वार जितप्रकाश आले, राजेन्द्र केशरी न्यौपाने, नेपाली कांग्रेसका केन्द्रीय सदस्य धु्रव वाग्ले, माओवादी केन्द्रका केन्द्रीय सदस्य आशा कोईराला लगायतको उपस्थितीमा सम्पर्क कार्यालय स्थापना गरिएको हो ।