दुलेगौंडा । आसन्न मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा आज उम्मेद्वारी दर्ता भएको छ । तनहुँ क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा निर्वाचनको लागि ११ जनाको उम्मेद्वारी परेको छ ।
प्रतिनिधि सभा सदस्यको लागि नेपाली कांग्रेसबाट शंकर भण्डारी, नेकपा एमालेबाट किरण गुरुङ, राप्रपाबाट नरेन्द्र प्रताप महत, राष्ट्रिय जनमुक्ति पार्टीबाट लालबहादुर सार्की, हाम्रो नेपाली पार्टीबाट बिष्णु पराजुलि, नेपाल मजदुर किसान संगठनबाट रामहरि गोरा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय जोशी, नेपाली कांग्रेस (वि.वि) बाट पुष्पराज पराजुलि, मंगोल नेस्नलबाट प्रविना थापा मगर, राप्रपा नेपालबाट नारायण प्रसाद खनाल र जनसमाजवादी पार्टीबाट खड्कबहादुर विकले उम्मेद्वारी दिएका छन् ।
यसैगरी प्रदेश सभा क्षेत्रनम्बर २ ‘क’ मा माओवादी केनद्रबाट राजेन्द्र केशरी न्यौपाने, क्षेत्रनम्बर २ ‘ख’ मा नेपाली कंग्रेसबाट जितप्रकाश आलेले उम्मेद्वारी दिएका छन् । यसैगरी नेकपा एमाले क्षेत्रनम्बर २ ‘क’ मा श्यामराजा महत, क्षेत्रनम्बर २ ‘ख’ मा केदार सिग्देलले उम्मेद्वारी दिएका छन् ।
प्रदेश सभा सदस्यमा नै क्षेत्रनम्बर २ ‘क’ मा मौलीक जिरो किलो पार्टीबाट टोलराज वाग्ले, राष्ट्रिय जनमुक्ति पार्टीबाट नेत्रबहादुर थापा, राप्रपाबाट रेशमराज अधिकारी, नेपाली कांग्रेस (विपि) बाट शेषरमण न्यौपाने, मंगोलनेस्नलबाट नमबहादुर राना, स्वतन्त्र रुपमा प्रेमकुमार परियार, एकिकृत समाजवादीबाट दुर्गाकुमार श्रेष्ठ र जनता समाजवादी पार्टीबाट रामबहादुर विकले उम्मेद्वारी दिएका छन् ।
यसै गरि प्रदेश सभा सदस्यमा नै क्षेत्रनम्बर २ ‘ख’ मा राष्ट्रिय जनमुक्ति पार्टीबाट धनबहादुर गुरुङ, राप्रपाबाट श्यामकला राई, मंगोल नेस्नलबाट सुमन थापा, जसपाबाट पूर्णबहादुर गुरुङ र एकिकृत समाजवादीबाट प्रतापलाल श्रेष्ठले उम्मेद्वारी दिएका छन् ।