हिजोबाट निरन्तर परेको बर्षाका कारण दशैँको चहल पहल घटेको छ । त्यसैको प्रभावले नेपालमा असर गरिरहेको हो । बंगालको खाडीमा न्यूनचापीय क्षेत्रका कारण हिजोदेखि नै वर्षा भएको मौसमविदहरुले बताएको छन् ।मंगलबार पूर्वी नेपाल अर्थात प्रदेश नं. १, मधेश र बाग्मती प्रदेशमा दिनभर वर्षा भएको थियो भने बेलुकाबाट गण्डकी प्रदेश सम्म आईपुगेको छ ।
रातीदेखि नै बर्षा भएपछी खोलानालामा समेत बाढी आएरका कारण दशैँ प्रभावित भएको हो । घरमा टिका थापेर आफन्तकोमा जाने बेला समेत पानी नारोकिएपछी घरमै बसेर दशैँ मनाउन बाध्य भएको छन् । बर्षाका कारण बजार क्षेत्र पनि सुनसान देखिएका छन् । दशैमा आफन्तको जाने यात्रुहरु कम हुने भएपछी सवारी साधान पनि कम चलेको पाईएको छ । मौसमविदहरुले असोज १९ देखि देशै भएर बर्षा हुने पूर्वानुमान गरेका थिए ।