पोलिटिकल साईन्स सोसाइटी नेपालको तनहॅु शाखाको भिमाद नगरपालिका वडा नं – ९, पाथर्दी सामुदायिक होमस्टे मा दुई दिने कार्यक्रमका बीच गठन भएको छ ।
पोलिटिकल साइन्स सोसाइटी नेपाल केन्द्रीय कार्यसमितिको आयोजनामा सम्पन्न भएको तनहॅु जिल्ला शाखाको प्रथम अधिवेशन तथा बिस्तारित बैठकको सन्दर्भमा आयोजित उक्त कार्यक्रममा “ राजनैतिक संस्कृतिको क्षयीकरणः लोकतन्त्रको चुनौति” बिषयमा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र बिभागका सह- प्राध्यापक भिमनाथ बरालले परिसंबाद प्रस्तुत गर्नु भएको थियो । बर्तमान राजनैतिक दलहरु भित्रै लोकतान्त्रिक अभ्यास नहुनु, नातावाद, कृपावाद, उपभोगिताबादी प्रवृतिको हावि, मुल्यविहिन राजनीति, गणेश संस्कृति ( नेताको वरिपरी घुम्ने ) लगायतका संस्कृतिले लोकतन्त्र संस्थागत गर्न चुनौती दिंदै गैरहेको कुराको उजागर सह- प्राध्यापक बरालले गर्नु भयो । साथै वहॅाले निर्वाचन अघाडिको गठबन्धन संस्कृति लोकतन्त्रको लागि प्रत्युत्पादक रहेको घोषणा गर्नु भयो ।
उक्त कार्यक्रम कास्कीका सहायक प्रमूख जिल्ला अधिकारी अनिल कुमार शाहीको प्रमुख आतिथ्यता तथा सोसाइटीका अध्यक्ष सुभाष ढॅुगानाको अध्यक्षतामा सम्पन्न भएको थियो ।कार्यक्रममा स्वागत मन्तब्य राख्नुहॅुदै सोसाइटीका उपाध्यक्ष फरेन्द्र थापामगरले राजनीतिशास्त्रका अध्यताहरु सबै एकजुट भएर राष्ट्रिय राजनीतिमा सकारात्मक भुमिका खेल्न आवश्यक रहेको औंल्याउनु भयो । अब निकट भविष्यमै बाग्लॅुगमा पनि सोसाइटीको शाखा बिस्तार हुने र यो सोसाइटीले देशको राजनीतिलाई सही बाटोमा लैजान उल्लेखनिय भूमिका खेल्ने सोसाइटीका अध्यक्ष सुभाष ढॅुगानाले प्रतिबद्दता ब्यक्त गर्नु भयो ।
कार्यक्रम सोसाइटीका सचिव मिलन आलेले संचालन गर्नु भएको थियो । सो कार्यक्रमबाट हरि प्रसाद वाग्लेको अध्यक्षतामा १५ सदस्यीय तनहॅु शाखा तदर्थ समिति गठन भएको छ उपाध्यक्षमा झक सारू मगर,सचिवमा त्रिलोचन लम्साल,सह-सचिवमा शिव कुमार आले,कोषाध्यक्षमा अधिवक्ता रच्चु आले,सदस्यहरूमा क्रमश रामचन्द्र सिग्देल,विनोद पराजुली,सुमिना पोख्रेल सर्वसम्मत चयन हुनुभएर्दछ |